बिर्तामोड ।
आसन्न स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताको पनि उम्मेद्वारमा आंकाक्ष बढेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बिर्तामोड नगरको मेयर पदका लागि माओवादी केन्द्रका कुवेर श्रेष्ठ (अरुण), बासु दुलाल र मोहन सुब्बाले आंकाक्ष ब्यक्त गरेका छन् ।
अरुण पार्टीका प्रदेश नं. १ सदस्य हुन्, दुलाल जिल्ला नेता हुन् भने सुब्बा बिर्तामोड नगरका अध्यक्ष हुन् ।