बिर्तामोड । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोड नगरपालिका  वडा न. ४ मा २९ योङ कम्युनिस्ट लिग(वाइसिएल) कमिटी गठन भएको छ । 

बिर्तामोडमा सोमवार भएको भेलाले गोबिन्द राजवंशीको अध्यक्षतामा कमिटी निर्माण गरेको पार्टीका बिर्तामोड नगर उपाध्यक्ष जेबी जबेगुले जानकारी दिए । 

गोबिन्द राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा १ न. प्रदेश कमिटी सदस्य निरु खतिवडाको प्रमुख आतिथ्यमा रहेको थियो ।

कार्यक्रममा   विशेष  अतिथि पार्टीका जिल्ला नेता वासु दुलाल रहेका थिए भने बिर्तामोड नगर उपाध्यक्ष  कमल कडरिया, वाइसिएल अध्यक्ष सुदिप खवास, पार्टी वडा नं. ४ का अध्यक्ष गोपी अधिकारीकोसमेत उपस्थिति थियो । कार्यक्रमको सञ्चालन वडा सचिव राकेश सिंहले गरेका थिए ।