सुरुङ्गा ।
नेकपा माओवादी केन्द्र कनकाई ३ ले आगामी स्थानीय निर्वाचनलाई लक्षित गरि युवा परिचालनलाई सशक्त बनाउने भएको छ ।
आज सुरुङ्गामा भएको पार्टीको वार्ड भेलाले हिमाल ढकालको संयोजकत्वमा वार्डमा ५१ सदस्यीय युवा परिचालन कमिटी गठन गरेको छ ।
ढकाल माओवादी केन्द्र कनकाईका वार्ड सचिव समेत हुन नेकपा एमालेमा रहेका ढकाल नेकपा हुदै माओवादी, नेकपा समाजवादी र माओवादी केन्द्र अलग अलग हुदा ढकाल एमाले छाडि माओवादी केन्द्र रोजेका हुन ।
वार्डको युवा परिचालन कमिटीमा बाबुराम कोइराला, विनोद बराइली, नेत्र ढुङ्गेल, प्रकाश सुवेदी, उत्तम सेडाई, विशाल गौतम, नविन सिटौला, उत्सव वास्तोला, कमल सुवेदी, खगेन्द्र पाठक, कुमार बानिया, खडगप्रसाद श्रेष्ठ, मोती मुर्मु, नवराज दाहाल, मिलन दाहाललगायत रहेका छन् ।


















