बिर्तामोड ।

 प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य एवं झापा अध्यक्ष मुक्ति पौडेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यबाट उनले केहीदिन अघि राजीनामा दिएका थिए ।

नेपाली कांग्रेस झापामा आयोजित पार्टी प्रवेश कार्यक्रमका बीच पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सदस्यता रसिद हस्तान्तरण र वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले अबिर लगाएर पौडेललाई पार्टी प्रवेश गराएका थिए । 

कार्यक्रममा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत, पार्टीका केन्द्रीय सदस्यहरु महेन्द्राकुमारी सुब्बा, १ नं प्रदेश सभापति उद्वव थापा, जिल्ला सभापति देउकुमार थेवे, जिल्ला उपासभापतिहरु शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवद्वय कृष्ण हुमागाई र नवीन विमली, सहसचिवद्वय कालेन्द्रप्रसादसिंह राजवंशी र कमल भण्डारी, जिल्ला सदस्य राम कट्टेल र याम भुजेल, क्षेत्रीय सभापतिहरु इन्द्रबहादुर बुढाथोकी, खगेन्द्र मैनाली, गणेश पोखरेल, जयनारायण शाह, ढुण्डिराज भण्डारी, प्रेस युनियन अध्यक्ष इन्दु पूर्वेलीलगायतको उपस्थिति रहेको थियो । 

आफूले यसअघि अंगालेको पार्टीमा विधि, पद्धति, प्रक्रिया, नीति र कानूनको पालना नभएको एवं पार्टीभित्र ब्यक्तिवाद हावी हुन थालेपछि  आफू विधि र पद्धतिको पक्षमा उभिदै उक्त पार्टी परित्याग गरेको पौडेलले बताएका छन् ।