बिर्तामोड ।
झापामा गठबन्धन राजनीतिक दलहरुको बैठक बसेको छ । झापाका १५ वटै स्थानीय तहको बस्तुस्थिति तथा राजनीतिक अवस्थाको वारेमा जानकारी गराउन वैठकले निर्देशन दिने निर्णय गरेको छ ।
गठनबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजबादी) र जनता समाजबादी पार्टी बैठक बसेको हो ।
वैठकले १५ वटै पालिकामा संयुक्त निर्वाचन संन्यत्र बनाएर सवै पालिको गठबन्धनको अवस्था वारे जानकारी गराउन निर्देशन दिने निर्णय गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट सुधिरकुमार शिवाकोटी, देउमान थेवे, कृष्ण हुमागाई माओवादी केन्द्रका तर्फबाट झलकसिंह दर्लामी, सीपी कडरिया, राजु आचार्य (अग्नि), एकीकृत समाजपार्टीका तर्फबाट वेदराज रेग्मी, इन्द्र बुढाथोकी निलमणि बराल र जसपाको तर्फबाट दिपेनवाला राई र धिरेन्द्र सम्फाहाम्फेको उपस्थिति रहेको थियो । नेपाली कांग्रेस झापा सभापति थेवेको सभापतित्वमा वैठक बसेको थियो ।