बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले विभिन्न जिम्मेवारी प्रदान गरेहको छ । पार्टीको बिर्तामोड नगर कमिटीको प्रथम विस्तारित वैठकले जिम्मेवारी र रिक्त रहेको पदमा पदपुर्ति गरेको नगर इन्चार्ज युवराज दाहालले जानकारी दिए ।
नगर इन्चार्ज दाहालका अनुसार बिर्तामोड नगरको रिक्त रहेको उपाध्यक्ष पदमा छायाँ सिग्देललाई मनोनित गरी जिम्मेवारी दिइएको छ ।
त्यस्तै रिता मिश्रको संयोजकत्वमा अनेम संघ (क्रान्तिकारी), नरेन्द्र फूयालको संयोजकत्वमा बुद्धिजिवी संगठन, कृष्ण साँवा लिम्बुको संयोजकत्वमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, होम आचार्यको संयोजकत्वमा अनेकी संघ (क्रान्तिकारी) लगायतका समिति गठन गरी जिम्मेवारी प्रदान गरिएको जनाइएको छ ।
समितिलाई एक हप्ताभित्र भेला गरी पूर्णता दिइने दाहालले जानकारी दिए ।