भद्रपुर ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) भद्रपुरको नगर कमिटी गठन भएको छ ।

माओवादी केन्द्र भद्रपुर नगर कमिटीको आयोजना भएको भेलाले  सम्झना सत्यालको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो । नवगठित कमिटीको सचिव गंगा लम्साल रहेकी छिन् । 

जिल्ला सदस्य  शर्मिला खातिको अध्यक्षता र केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने (सरु) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत पार्टी नगर कमिटी उपाध्यक्ष कुमारी सोर्णिका सिंहले गरेकी थिइन् । प्रमुख अतिथि  न्यौपानेले हजारौं शहीदहरुको बलिदाबाट प्राप्त संविधानबाटै महिलाले अधिकार प्राप्त गरेको बताइन्। उनले महिलाहरुले सही प्रतिनिधि पठाउन नसकेकै कारण पछिल्लो पाँच वर्ष उपलब्धिमूलक बन्न नसकेको बताउँदै अब सही नेतृत्व चयन गर्ने बेला आएको बताइन् ।

राज्यको मूल प्रवाहमा महिलाहरुलाई ल्याउन माओवादीले दिलाएको अवसर र अधिकारको स्मरण दिलाउँदै उनले सही प्रतिनिधि छनौटमा प्रत्येक महिलालाई प्रशिक्षण दिन सुझाव दिइन् ।

कार्यक्रममा १ नं प्रदेश सदस्य तथा ३ नं. क्षेत्रीय इञ्चार्ज  डिल्ली घिमिरे (हिक्मत) , संगठनकी केन्द्रीय सदस्य निरु खतिवडा, झापा अध्यक्ष बन्दना झांगड, नगर इञ्चार्ज नरेस सञ्जेल, नगर अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले नवगठित कमिटीलाई बधाई तथा शुभकामनासहित प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।