बिर्तामोड  ।

 नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर २ प्रदेश क को आयोजनामा अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश क्षेत्रीय सभापति लक्ष्मीप्रसाद आचार्यको सभापतित्व संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा शुक्रबार बिर्तामोडमा भएको  कार्यक्रमको औचित्यमाथि प्रकाश खगेन्द्र मैनालीले  गरेका थिए । 

घर– घर जाऔ काङ्ग्रेस जिताऔ अभियान अन्तरगत आयोजित कार्यक्रममा एमसिसि भ्रम र यथार्थका बारे अधिबक्ता भरत प्रसाइले स्पष्ट पारेका थिए । एमसिसिका अन्तरबस्तु अध्ययन गरेर तथ्य प्रस्तुत गर्नु जिम्मेवार नागरिकको दायित्व भएको बताउदै प्रसाइले भ्रम र प्रोपोगन्डाका पछि नलाग्न उनले आग्रह गरे । 

कार्यक्रममा नेपाली काङ्ग्रेसको इतिहास, नीति सिद्धान्त र बिचार एवं सांगठनिक स्थिति र चुनावको तयारीका विषयमा  जिल्ला सचिब कृष्ण हुमागार्इले प्रकाश पारेका थिए । 

कार्यक्रममा महाधिवेशन प्रतिनिधि उमा शिवाकोटी, सीता पौडेल, हर्कलाल गिरी, नेपाली काङ्ग्रेस झापाका सदस्य पार्बता गिरी, पुस्पलाल चौधरी, देबिका बस्नेत, झुमा बेडारी, रमेश पोखरेल, ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, जिल्ला अध्यक्ष यज्ञप्रताप अधिकारी, प्रेस युनियन झापा अध्यक्ष इन्दु पुर्बेली, जनप्रतिनिधिहरु सुर्य कन्दङ्वा, कुलप्रसाद संग्रौलालगायतको आतिथ्य रहेको थियो ।  कार्यक्रमको सञ्चालन प्रदेश क का सचिब गंगाप्रसाद चुडालले गरेका थिए ।