भद्रपुर ।
नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चा भद्रपुर नगर कमिटीको भेलाले ४१ सदस्यीय नगर कमिटी गठन गरेको छ । भद्रपुरमा बुधवार भएको भेलाले लगन रसाइलीको अध्यक्षतामा उक्त समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा टीका दास, गोविन्द खृपाल, नारायण नेपाली, लक्ष्मी रसाइलीलाई चयन गरेको छ भने सचिवमा वीरु धमला, सहसचिवमा कुमार बिक, रेणु भुइमाली र कोषाध्यक्षमा उमा चर्मकारसहित ४१ नगर समिति चयन भएको हो । नगर अध्यक्ष मोहन धमलाको अध्यक्षतामा भएको कार्यक्रम क्षेत्र नं. ३ का इन्चार्ज डिल्ली घिमिरे (हिक्मत) को प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्य सुरेश वराइली, मिरा सञ्जेल अधिकारी, पार्टीका नगर इन्चार्ज नरेश सञ्जेल, सह–इन्चार्ज पुकार राजवंशी, शिवकुमार राजभण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत शर्मिला खातीले गरेको कार्यक्रमको सञ्चालन गोपाल खातीले गरेका थिए ।