बिर्तामोड । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भात्रृ युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल ) बिर्तामोड वडा नं. ५ को भेलाले अध्यक्ष अंकित श्रेष्ठलाई चयन गरेको छ । 

झापाको बिर्तामोडमा मंगलबार भएको भेलाले श्रेष्ठको अध्यक्षतमा ५१ सदस्यीय वाइसिएल वडा समिति चयन गरेको हो । संठगनलाई ०६०÷०६१ सालको जस्तो चलायमान बनाएर वडा भित्र हुने बिकृति बिसंगतिलाई न्युनिकरण गर्ने उदेश्यले कमिटी गठन गरेको पार्टीका नगर सचिव गणेश कालिकोटेले जानकारी दिए । 

रुपेश लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ल सदस्य तथा नगर सचिव गणेश कालिकोटेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कालिकोटे, ल्लिा सदस्य पवन शर्मा, पार्टीका वडा अध्यक्ष धनबहादुर डाँगीलगायतको आतिथ्यता रहेको थियो । कमिटीलाई वाइसिएलका नगर अध्यक्ष सुदिप खवासले सपथ ग्रहण गराएका थिए । 

स्वागत गुरुभक्त खरेलले गरेको कार्यक्रमलाई सञ्चालन आकाश मडीले गरेका थिए ।