झापा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भात्रृ युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल ) भद्रपुरको नगर भेलालले अध्यक्ष्मा राजिव ठाकुरलाई चयन गरेको छ ।
झापाको भद्रपुरमा मंगलबार भएको भेलाले ७२ सदस्यीय वाइसिएल नगर कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा पदम लिम्बु, सुमन उप्रेती, अस्मिता ओली, पवन राजवंशी र वीरबहादुर अधिकारीलाई चयन गरेको छ भने सचिबमा बिबेक राई, सह–सचिवमा बिजेन्द्र राजवंशी, खगेन्द्र सुवेदी, किरण उप्रेती र कोषाध्यक्ष गम्भिर भुजेल चयन भएका छन् ।
वाइसिएल नगर अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा भएको भेलामा पार्टीका क्षेत्र नं. ३ इन्चार्ज डिल्ली घिमिरे (हिक्मत) को प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा पार्टीका भद्रपुर नगर इन्चार्ज नरेश सञ्जेल, सह–इन्चार्ज पुकार राजवंशी, जिल्ला सदस्य खगेन्द्र पराजुलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत नगर सदस्य आशिष खनालले गरेको कार्यक्रमको सञ्चालन पार्टीका वडा नं. ९ का वडासचिव रविन सुब्बाले गरेका थिए ।