बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा सामाजिक अभियन्ता भक्त खवाससहित तीनजना प्रवेश गरेका छन् । पार्टीको सोमवार बिर्तामोड वडा नं.– ४ को विस्तारित बैठकमा सामाजिक अभियन्ता खवाससहित तीनजनाले पार्टी प्रवेश गरेका हुन् ।
आसन्न स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रममा अन्य पार्टी भन्दा माओवादी जनताको दुःख, सुखको साथी भएकाले पार्टी प्रवेश गरेको खवासले बताए । पार्टीका वडा नं. ४ का अध्यक्ष गोपी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा झापा सह–इन्चार्ज सीपी कडरियाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ (अरुण), झापा संयोजक राजु आचार्य (अग्नि), जिल्ला नेता बासु दुलाल, बिर्तामोड नगर इन्चार्ज युवराज दाहाल, नगर अध्यक्ष मोहन सुब्बा, उपाध्यक्ष जेवी जवेगु, कमल कडरिया, सचिव गणेश कालिकोटे, सह–सचिव संदिप प्रसाई, कोषाध्यक्ष कृष्ण सुब्वा, जिल्ला समन्वय समिति सदस्य छाया सिग्देल, शिशिर दुलाललगायतको उपस्थिति रहेको थियो । उपस्थित सवैले स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी जिताउन सकिने बिषयमा आ–आफ्नो भनाई राखेका थिए ।
स्वागत वडासचिव राकेशकुमार सिंहले गरेको कार्यक्रमलाई सञ्चालन सह–सचिव प्रज्वल कडरियाले गरेका थिए ।