शिवसताक्षी ।
आसन्न स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा (माओवादी केन्द्र) ले शिबसताक्षी नगरपालिकामा संगठन विस्तार आक्रमक पार्दै चुनावी अभियानलाई तीव्र बनाएको छ ।
शिबसताक्षी नगरले नगर स्तरमै सबै जबस मोर्चा निर्माण गरेको छ भने हाल सम्म २१ वटा टोल समिति निर्माण गरेको छ । सबै वडानमा जबस र मोर्चा निर्माण गर्दै ३६ टोल १०० सेल बनाउने अभियान रहेको पार्टीका नगर अध्यक्ष महेन्द्र भट्टराईले बताए ।
नगरले २०२२ जान को मुल निर्वाचन परिचालन समिति र १३ उपसमिति निर्माण गरेको अध्यक्ष भट्टराईले बताए । गत निर्वाचनमा पराजित भए पनि बिकास निर्माण र जनताको दुःख सुखको सारथी माओवादी पार्टी नै रहेको भन्दै माओवादी पार्टीमा समाहित हुनेको सख्या पनि बढेको माओवादी केन्द्रमा प्रबेश गरेका जुनम राईले बताए ।
अरु पार्टीका नेताको घरमा जानुपर्ने गुनासो गदै माओवादीमा प्रवेश गरेका उमेश ओझाले े भने ‘तर, माओवादीका नेता फोन गर्दा सम्बन्धित ठाउँमा आए र सहयोग गर्ने गर्छन् ।’ उनले थपे ‘मैले २ बर्षदेखि एमालेलाई बिजुलीको फेज थप गर्न पटक–पटक आग्रह गरे, उनले भने ‘हुन्छ भन्न छोडेनन् मेरो बिस्कुट फयाक्ट्री थियो, लकडाउनले बिजोग भएको बेला बाइक बेचेर भएपनि आफै फेज थप गर्नु पर्यो भनेर बाइक बेच्न लागेको थिए, ‘माओवादीका नेतालाई भन्नू न भनेर एक जना साथीले भन्यो’ । बाउबाजेले एमालेलाई भोट हाले मैले पनि हालेको छु कसरी भन्नु माओवादीलाई भन्नु, ‘२ नम्बर अध्यक्ष भिम नेम्वाङले यो सुनेपछि एक हप्ता मै फेज थप गरे ।’ । माओवादी काम धेरै कुरा कम गर्दा रहेछ्न ।’ उनले भने ।
‘जनताको दुःखमा नगर नेतृत्व १५ मेनिटमा र वडाको नेतृत्वले ५ मिनेटमा जनताको घरमा पुग्ने गरेका छौ’ अध्यक्ष भट्टराईले भने ‘चुनावको बेला गरेको प्रतिबद्धता पुरा गर्नु हाम्रो कर्तव्य हो ।’ तर। चुनाव जितेकाहरु नै आज पार्टीको झन्डा राख्दै वाइफाइ जोड्दै हिड्नु र फेरि भ्रम राख्नु दुःखद रहेको अध्यक्ष भट्टराईको भनाइ थियो ।