बिर्तामोड।
नेकपा एमालेका जिल्ला सदस्य तथा जनप्रतिनिधि इन्द्र अधिकारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।बुद्धशान्ति–३ स्थित रामजानकी मन्दिरमा आयोजित वडास्तरीय अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा नेकपा एमालेका पूर्व जिल्ला सदस्य अधिकारी र सूर्य अधिकारी कांग्रेसमा प्रवेश गरेका हुन् ।
प्रवेशी दुवैलाई नेपाली कांग्रेस झापाका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि देउकुमार थेवेले कांग्रेसको साधारण सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन् ।
नेकपा एमाले साविक शान्तिनगरको ३ कार्यकालसम्म अध्यक्ष एवं बुद्धशान्ति गाउँ कमिटीको एक कार्यकाल अध्यक्षको जिम्मेवारी संहाल्दै जिल्ला सदस्य बनेका सामाजिक ब्यक्तित्व इन्द्र अधिकारी कांग्रेसमा प्रवेश गरेका हुन् । बुद्धशान्ति–४ निवासी अधिकारी एमालेबाटै बुद्धशान्ति–४ का निर्वाचित जनप्रतिनिधि समेत हुन् ।
अर्जुनधारा–५ का वडा सभापति गिताराज खड्काको सभापतित्व र १ नम्बर प्रदेश समितिी सदस्य रन्जिता कार्कीको प्रमुख आतिथ्य एवं जिल्ला सचिब कृष्ण हुमागाइको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधि दिपेन्द्र ढकाल, जिल्ला सदस्य एवं वडाका लागि जिल्ला प्रतिनिधि एलबहादुर गिरी, नगर सभापति हेमराज खरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । मिलन बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन बसन्त बुढाथोकीले गरेका थिए ।