दुर्गापुर । 

राष्ट्रिय नागरिक पार्टीले झापाको कनकाई सहित जिल्लाका अन्य पालिकाहरुमा प्रमुख र वडाअध्यक्षका पदहरुमा उम्मेद्धारी दिने भएको छ ।

झापाको कनकाई नगरपालिका –७ दुर्गापुरमा पार्टीको जिल्ला कार्यालय पार्टीका केन्द्रिय अध्यक्ष शुक्रबहादुर गुरुङ्गलेले उदघाटन गरेका छन् । २०७० सालमा दलमा दर्ता भएको उक्त पार्टीले नेपालका केहि जिल्ला छाडेर अधिकांश जिल्लामा आफ्नो पार्टीको जिल्ला कार्यालय स्थापना गरिसकेको गुरुङ्गले जानकारी दिए ।

यसैविच विभिन्न पार्टी छाडेर नागरिक पार्टीका प्रवेश गर्नेलाई गुरुङ्गले स्वागत गरेका थिए । यसैविच सुवास कार्कीको अध्यक्षमा नागरिक पार्टीको जिल्ला समिति गठन समेत गरिएको छ । जसमा सुर्य श्रेष्ठ उपाध्यक्ष, दिपेश खडका सचिव, रोजल अधिकारी सहसचिव , बाबा गुरुङ्ग कोषाध्यक्ष , कुमार बस्नेत र दिपेश सुवेदी  सहकोषाध्यक्ष रहेका छन्  । सदस्यमा विष्णु राजवंशी, धनकुमार खेवाङ, चन्द्र अधिकारी लगायात छन् । 

 कार्यक्रममा पार्टीका केन्द्रिय नेता विकास उप्रेतीले पार्टीको जिल्ला समिति घोषणा गरेका थिए । पार्टीले एक घर एक रोजगारी, शिक्षा र स्वास्थ्य फ्रि र स्वरोजगारी बन्न चाहनेलाई १० देखि १५ लाख रुपैँया विना धितो र विना व्याज ऋण सहयोग प्रदान गर्ने घोषणा गरेको छ । रोजगारी सृजनाका लागि पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रत्येक स्टेण्डमा सानो होटल संचालनमा ल्याई प्रत्येक स्टेण्डमा कम्तीमा ३ जनालाई स्वरोजगार दिनेगरि होटल खोल्न थालिसकेको जनाएको  छ ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नवराज घले, केन्द्रिय सदस्य एलिजा बस्नेत, टेकबहादुर बस्नेत, सम्झना विक लगायातको उपस्थिति रहेको थियो ।