अर्जुनधारा ।

‘सार्थक परिणाम’ र ‘माओवादी श्रेष्ठता’ का लागि चट्टानी एकता आजको आवश्यकताका साथ नेकपा माओवादी केन्द्र अर्जुनधाराले नगरमा चुनावी प्रचारप्रसारलाई तिब्रता दिएको छ ।

पार्टीले अर्जुनधारामा प्रथम विस्तारित बैठकसहित निर्वाचन प्रचारप्रसारलाई तिव्र पारेको झापा सह–इन्चार्ज सीपी कडरियाले जानकारी दिए । 

अर्जुनधारा नगर अध्यक्ष नारद तामाङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने (सरु) को प्रमुख आतिथ्य रहेको थियो ।  

कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार मनकुमार तामाङ, प्रदेश सदस्य खड्ग तिम्सिना(पवन), झापा सह–इन्चार्ज सीपी कडरिया, खड्गबहादुर कन्दङ्वा, झापा सचिव मोहन टुडु (सरोज) अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य अनिल सुवेदीलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।