हल्दीबारी । 

भापाको हल्दीबारीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले चुनाव प्रचारप्रसारलाई तिव्र पारेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरी पार्टीले प्रत्येक वडामा विस्तारित वैठक तथा अन्तरक्रियात्मक कार्यक्रम शुरु गरेको हो । 

यसै क्रममा हल्दीबारी गाउँपालिका वडा नं. १ मा चुनाब केन्द्रीत  विस्तारित भेला तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ  भने वडा नं. ५ मा चुनाबी अन्तरक्रियात्मक कार्यक्रम पनि गरेको छ ।  वडा नं. १ मा र ५ मा भएको कार्यक्रमको पार्टीका प्रदेश सदस्य ज्योतिसिंह दर्लामीको प्रमुख आतिथ्यमा रहेको थियो ।

 वडा नं. १ को विस्तारित बैठकले रिक्त रहेको अध्यक्षको पदमा मान तामाङलाई सर्वसम्मत चयन गरेको छ । जेष्ठ सदस्य दिवाकर खरेलको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि दर्लामी, पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि), झापा सचिव मोहन टुडु (सरोज) प्रदेश सदस्य डिल्ली घिमिरे (हिक्मत) लगायतले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । प्रदेश सदस्य पुजा खनाललगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन पार्टी जिल्ल सदस्य भवानीप्रसाद दंगाललले गरेका थिए । 

त्यस्तै वडा नं. ५ मा भएको विस्तारित वैठकले रिक्त रहेको अध्यक्ष पदमा विजय लावतीलाई सर्वसम्मत् चयन गरेको छ । वडा उपाध्यक्ष मुना कन्दङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दर्लामी, डिल्ली घिमिरे (हिक्मत), भवानीप्रसाद दंगालले पार्टीलाई स्थानीय तहको निर्वाचनमा जिताउने गरी लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा टोल–टोलको रिर्पोट समेत प्रस्तुत गरिएको थियो ।