सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका वडा नं.१ मा एकसय ८८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टीका झापा सभापति देउमान थेवेले एकै दिन एक सय ८८ जना नयाँलाई पार्टीमा प्रवेश गराएका छन् । थेबेले पार्टीको टिकट प्रदान गर्दै खदा र अविरलगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।
नेपाली कांग्रेस कनकाई नगरपालिका वडा नं. १ द्वारा आयोजित कार्यक्रममा विगत सयमदेखी विभिन्न पार्टीको जिम्मेवारी रहेका नेपाली कांग्रेसको सदस्यता लिएर पार्टी प्रवेश गरेको पार्टीका वडा नं. १ का सभापति मनोज बस्नेले जानकारी दिए ।
कार्यक्रमको औचित्यमाथि वडा सभापति मनोज बस्नेतले प्रकाश पारेका थिए । कार्यक्रम प्रदेश अधिवेशन प्रतिनिधि मनोजकुमार पोखरेल, क्षेत्रिय वडा प्रतिनिधि वर्षा श्रेष्ठ, नगर समिति तर्फका वडा प्रतिनिधि हर्क ल्वागुन, शिक्षक संघको तर्फवाट मतदाता सर्वेक्षणका लागि प्रतिनिका रुपमा चुडामणी ढकाल समेतको उपस्थिति रहेको थियोे ।