बिर्तामोड ।
घर– घर जाऔ– काङ्ग्रेस जिताऔ अभियानलाई तीब्र रुपमा संचालन गरिरहेको नेपाली कांग्रेसले शुक्रवार जिल्लाका अधिकांस वडामा वडा भेला सम्पन्न गरेको छ ।
काङ्ग्रेस केन्द्रीय समितिको सर्कुलर तथा झापा जिल्ला समितिको पत्राचार बमोजिम झापाका अधिकांश वडामा बृहत वडा भेला सम्पन्न भएका छन् ।
वडा भेलामा एमसिसी भ्रम र यथार्थ, संगठन परिचालन, काङ्ग्रेसको इतिहास, स्थानीय निर्वाचन र वडा एवं टोल समितिको भुमिका, भातृ एवं शुभेच्छुक संघसंस्था परिचालन लगायतका विषयमा चर्चा गरिएको थियोे ।
यसैबीच नेपाली काङ्ग्रेस झापा बिर्तामोड नगरपालिका वडा नम्बर– ५ को वडा भेला जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको छ । वडा सभापति दिपक मेनेङ्बोको सभापतित्व र महाधिबेसन प्रतिनिधि सीता पौडेलको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका सचिब कृष्ण हुमागाइले पार्टी संगठन बलियो बनाउन टोल र वडा समितिलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका सदस्य एवं वडाका लागि जिल्ला प्रतिनिधि पुस्पलाल चौधरी, हर्कलाल गिरी, प्रेस युनियन झापाका अध्यक्ष इन्दु पुर्बेली, ब्यवसायी ओमकृष्ण बिमली, एबिसी नेपाल झापा संयोजक कन्चना सिटौला, बिर्तामोड उध्योग बाणिज्य संघका सहकोषाध्यक्ष राधिका चुडाल, महिला उद्यमी पार्बता बिमलीलगायत क्षेत्रीय प्रतिनिधिहरु, टोल समितिका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।