बिर्तामोड ।
नेपाल क्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोड नगरका अध्यक्ष मोहन सुब्वाले आसन्न स्थानीय तहको निर्वाचनमा एकढिक्का भएर होमिन आग्रह गरेका छन् । उनले विहिबार(आज) बिर्तामोड–८ को वडा स्तरीय बैठकमा सवै नेता तथा कार्यकर्ताले आसन्न चुनाव दत्तचित्त भएर एकढिक्काका साथ होमिन आग्रह गरेका हुन् ।
बिर्तामोड वडा नं. ८ का अध्यक्ष भरत चौहानको अध्यक्षतामा भएको वैठकमा पार्टीका झापा सह–इन्चार्ज सिपी कडरियाको प्रमुख आतिथ्य रहेको नगर उपाध्यक्ष जेबी जबेगु्ले जानकारी दिए ।
बैठकमा प्रदेश सदस्य कुवेर श्रेष्ठ (अरुण), बिर्तामोड नगर उपाध्यक्ष उपाध्यक्ष कमल कडरिया, सचिव गणेश कालिकोटे (सौगात), कोषाध्यक्ष कृष्ण साम्बा, जिल्ला समन्वय समिति सदस्य छाया सिग्देल, तेज विमली, वाइसिएल नगर अध्यक्ष सुदिप खवासको आतिथ्य रहेको थियो ।
वडा न. ८ का वडासचिव अग्नि खरेलले सञ्चालन गरेको कार्यक्रममा बिर्तामोड नगरपालिकाले पार्टीको सर्कुलर वाचन गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि कडरिया, प्रदेश सदस्य अरुण, सुदिप खवास, तेज विमली समसामुहिक विषयमा प्रष्टिकरण दिदै नेकपा माओवादी केन्द्रले स्थापित गरेको एजेण्डा निर्धक्क साथ गाउँगाउँमा तथा टोलटोलमा लगेर सफलताको सुचक बन्नु पर्नेमा जोड दिए ।