अर्जुनधारा ।
वडा र टोलसम्म पुगेर नेपाली कांग्रेसको इतिहास, संगठन, स्थानीय तह निर्वाचन एवं एमसिसिबारे नेपाली कांग्रेसले झापा र मातहत समितिहरुले चर्चा परिचर्चा गरिरहेका छन् । वडा र टोल स्तरीय तरुण एवं महिलाहरुलाई संगठित गर्दै बुथ समिति गठनको क्रम पनि जारी । यही क्रममा नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका ४, ५, ६ र ७ नं वडास्तरीय अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम विहीबार सम्पन्न भएको छ ।
नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको सभाहलमा आयोजित कार्यक्रममा एमसीसी भ्रम र यथार्थ माथि अधिवक्ता भरत प्रसाईले र पार्टीको नीति, बिचार, सिद्धान्त र कार्यक्रम तथा चुनावी रणनीतिका बारेमा जिल्ला सचिव कृष्ण हुमागाईले सहजीकरण गरेका थिए ।
झापा क्षेत्र नं–२ प्रदेश ख का सभापति किरण श्रेष्ठको सभापतित्व एवं १ नम्बर प्रदेश समिति सदस्य राजकुमार बराइलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर सभापति हेमराज खरेलले विषय प्रवेश गराएका थिए भने कार्यक्रमको औचित्यमाथि प्रकाश क्षेत्रीय सभापति खगेन्द्र मैनालीले पारेका थिए ।
अर्जुनधाराका ४,५,६ र ७ न. वडाका २५० बढी कार्यकर्ताको सहभागिता रहेको सो अभिमुखीकरण कार्यक्रममा महाधिवेशन प्रतिनिधि दिपक तामाङ्ग, जिल्ला सदस्य सरस्वती सिटौला, एलबहादुर गिरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।