बिर्तामोड ।
नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका वडा नं–९ को वडा कार्यालय बार घरेमा उद्घाटन गरिएको छ । नेपाली कांग्रेस झापाका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि देउकुमार थेवेले कार्यालयको उद्घाटन गरेका हुन् । उनले वडा र टोलका गतिविधि तिब्र बनाउन, कांग्रेस नेतृत्वको सरकारले गरेका कामबारे जनतालाई बुझाउन एवं एमसिसिबारेका भ्रम चिर्न कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा अग्रज ब्यक्तित्व केदारमणि ढकाल, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधिहरु दिपेन्द्र ढकाल र लीला कटुवाल, जिल्ला सदस्य याम भुजेल, अर्जुनधारा नगर सभापति हेमराज खरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
वडा सभापति लिलाप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सागर ढकाल र सञ्चालन शेखर बनले गरेका थिए ।