विर्तामोड ।
नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल ठाकुर समाजले स्थानीय तह निर्वाचन सम्बन्धि प्रचार–प्रसारलाई तीब्र पार्ने निर्णय गरेको छ ।राजकुमार ठाकुरको अध्यक्षतामा सम्पन्न ठाकुर समाजको विस्तारित बैठकले झापाका १५ वटै स्थानीय तहमा संगठन विस्तार गर्ने एवं चुनावी प्रचार–प्रसार कार्यक्रमलाई तीब्र पार्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य र सचिव कृष्ण हुमागाईको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी अर्जुनधारामा नेपाली कांग्रेस अर्जुनधारा ६ नम्बर वडा समितिले प्रजातान्त्रिक आन्दोलनमा सक्रिय ९६ जना महिलाहरुलाई सम्मान गरेको छ । ६ नम्बर वडा समिति अन्तर्गत रहेका ५ वटा टोलका ७५ बर्षमाथिका आमाहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा कृष्णमाया घोर्साई, दयावती दनुवार, थिरमाया चापागाईं, खड्गमाया सिटौला लगायत ९६ जनालाई दोसल्ला ओढाएर पौष्टिक आहार प्रदान गर्दै सम्मान गरिएको हो ।
नेपाली कांग्रेस अर्जुनधारा वडा नं–६ र नेपाल महिला संघ वडा नं–६ को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा टोल–टोलमा पुगेर ७५ बर्षमाथिका आमाहरुलाई सम्मान गरिएको १ नम्बर टोल सभापति दिपेन पौड्यालले जानकारी दिए ।