अर्जुनधारा । 

घर–घर जाऔ कांग्रेस जिताऔ अभियान अन्तर्गत अर्जुनधारा १, २ र ३ नम्बर वडाको संयुक्त प्रशिक्षण कार्यक्रम खुदुनाबारीको शान्तिचोकमा सम्पन्न भएको छ । 

नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर २ प्रदेश  ख का सभापति किरण श्रेष्ठको सभापतित्व एवं नेपाली काङ्ग्रेस झापाका सचिब कृष्ण हुमागार्इको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको हो। कार्यक्रममा पार्टीको ईतिहास, संगठन र निर्वाचनका बिषयमा सचिब हुमागाइले, एमसिसि भ्रम र यथार्थका बिषयमा अधिबक्ता भरत प्रसाइले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा लगभग डेढसय बढीको सहभागिता रहेको कार्यक्रममा  २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीले  जानकारी दिए । 

नेपाली काङ्ग्रेस केन्द्रीय समितिको सर्कुलर एवं झापाको निर्णय बमोजिम  अभियान अन्तरगत अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम झापाका वडा तथा टोल तहमा तिब्र पारिएको छ ।