विर्तामोड ।
नेपाली कांग्रेस अर्जुनधारा वडा नम्बर ५ को टोल नं १ र २ को संयुक्त भेलाले कञ्चन निमावि बुथ समिति गठन गरेको छ ।
मदन शिवाकोटीको संयोजकत्वमा गठित समितिको सदस्यमा शिवप्रसाद घिमिरे, टंकप्रसाद दाहाल, सुजन सापकोटा, तोरण खड्का, युवराज प्रसाई, पूजा संग्रौला कँडेल, दिपक आचार्य, मनोज खतिवडा, शरण चौधरी, तारादेवी श्रेष्ठ, अर्जुन बस्नेत, योगेश श्रेष्ठ, पदम पाण्डे, चेतनाथ कडरियालगायत रहेका छन् ।
अर्जुनधारा वडा नं–५ को टोल नम्बर १ का सभापति शिवप्रसाद घिमिरेको सभापतित्व र नेपाली कांग्रेस प्रदेश नं १ का सदस्य रञ्जिता कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधि दिपेन्द्र ढकाल, प्रदेशसभा ख का सभापति किरण श्रेष्ठ, क्षेत्रीय सहसचिव जीवन थापा, प्रदेश ख सचिव डिल्लीराम सापकोटा, क्षेत्रीय सदस्य इन्द्रमणि पौडेल, नगर सभापति हेमराज खरेल, वडा सभापति हरि खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
जयकुमार दाहालले स्वागत गरेका कार्यक्रमको सञ्चालन गंगा भण्डारीले गरेका थिए ।