झापा ।

 नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्व केन्द्रीय सदस्य भाष्कर काफ्ले नेकपा (एकीकृत समाजवादी) को पोलिटव्युरो सदस्य भएका छन् ।

चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा ओली समूह बिरुद्ध केन्द्रीय सदस्यमा उम्मेदवार बनेर सर्वाधिक मत ल्याएका काफ्ले समाजवादीको पोलिटव्युरो सदस्य बनेका हुन् ।

समाजवादीको शुक्रबार सम्पन्न सचिवालय बैठकले काफ्लेलाई पोलिटव्युरो सदस्य बनाउने निर्णय गरेको आइतबार जारी अपानी (अन्तर पार्टी निर्देशन)मा उल्लेख छ ।

काफ्ले सिपी मैनालीले नेतृत्व गरेको नेकपा ९माले०को विद्यार्थी संगठन अनेरास्ववियुको पूर्व केन्द्रीय अध्यक्ष हुन् । उनले माले परित्याग गरि एमाले भएका थिए । झापा अर्जुनधाराका  काफ्ले सात वर्ष एमालेको केन्द्रीय सदस्य र ताप्लेजुङ्गको इन्चार्ज रहेका थिए ।

चितवन महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित काफ्ले एमालेको सल्लाहकार परिषद्को सदस्य थिए ।