बिर्तामोड । 

नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर–२ ले घर घर जाऔ÷काङ्रेस जिताऔ अभियान अन्तर्गत चैत ८ देखि १२ गतेसम्म वडास्तरीय कार्यक्रम गर्ने निर्णय गरेको छ ।

क्षेत्रीय सभापति खगेन्द्र मैनालीको अध्यक्षतामा सप्पन्न बैठकले ४ दिने कार्यक्रम तय गरेको हो । जस अन्तरगत चैत ८ गते खुदुनाबारीको शान्तिचोकमा अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम, ८ गते नै सहिद उद्रकान्त राजबंशीको स्मृतिमा उनको जीबनीबारे परिचर्चा, चैत १० गते नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको कार्यालयमा अन्तरक्रियात्मक कार्यक्रम एवम् १२ गते अर्जुनधारा १० को कालिकापीठमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकमा पदाधिकारी सदस्य, निर्वाचित जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।