जलथल ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री, उप–प्रधानमन्त्री तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले एमालेले हल्दिबारी गाउँपालिकामा प्रदेश र केन्द्रमा समेत दुईतिहाई बहुमतको सरकार हुँदा समेत राष्ट्रियस्तरको कुनैपनि ठूला आयोजना तथा कार्यक्रम नल्याएको बताएका छन् ।
नेपाली कांग्रेस हल्दिबारी–३ समितिले आज (शनिवार) आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बजेट बनाउने, बाँडफाँड र कार्यान्वयन गर्ने तहमा एमालेको बहुमत भएपनि त्यस्तो कुनै ठोस योजना तथा कार्यक्रम ल्याउन नसकेकने आरोप लगाएका हुन् ।
‘बजेट बनाउने, बाँडफाँड र कार्यान्वयन गर्ने तहमा एमालेको बहुमत थियौं’ नेता सिटौलाले भने ‘तर, जनताको दुःखमा साथ दिने जनताले प्रत्यक्ष महसुस हुनेगरीको कुनैपनि ठोस निति, नियम, कानुनतर्फ ध्यान एमाले देखिएन ।’ उनले देशलाई कठिन परिस्थितिबाट पार लगाउन कांग्रेस बाहेक अरू पार्टीले नसक्ने जिकिर समेत गरे।
कार्यक्रमका प्रमुख अतिथि रहेका नेता सिटौलाले कार्यक्रममा एक सय दुई जनाले एमाले र राप्रपा परित्यागगरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेशिहरूलाई सदस्यता पत्र अबिर टीका र खादा लगाएर सिटौलाले स्वागत गरेका छन् ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस गाउँ सभापति गंगाप्रसाद प्रसाईं, उप–सभापति तथा हल्दिबारी ४ का वडा अध्यक्ष होम चुडाल, सचिव तारा ढुङ्गेल, प्रदेश ३ ख सभापति तुलसी ओली, हल्दिबारी ३ कांग्रेस सभापति धनबहादुर सावालगायतको उपस्थित रहेको थियो।