बिर्तामोड । 

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोड नगरले विभिन्न बिषयमा वडागतसहित चुनाव केन्द्रित कार्यक्रम शुरु गरेको छ । 

बिर्तामोड नगर भित्र रहेका  १० वटै वडामा पार्टीको जनवर्णिय संगठन निर्माण, सवै वडामा बैठक र चुनाव केन्द्रीत कार्यक्रमलाई तिब्रता दिएको नगर उपाध्यक्ष जेवी जवेगुले जानकारी दिए । 

सोही क्रममा आज (शुक्रवार) नगरपालिका अन्तरगत वडा नम्वर ७ को बैठक सम्पन्न भएको छ । नगर पार्टीले प्रत्येक वडामा आगामी चैत १० गतेसम्म वडा वैठक सम्पन्न गर्ने, २० गतेसम्म पार्टीको जनवर्गिय संगठन निर्माण गर्ने र ३० गतेदेखि चुनाव केन्द्रित कार्यक्रम गर्ने पार्टीका नगर अध्यक्ष मोहन सुब्बाले बताएका छन् । 

पार्टीका बिर्तामोड वडा नं. ७ का अध्यक्ष बुद्धिमान मुखियाको अध्यक्षतामा वैठक सम्पन्न भएको छ । वैठकमा पार्टीका झापा सह–इन्चार्ज सीपी कडरिया, झापा संयोजक राजु आचार्य (अग्नि), प्रदेश सदस्य कुवेर श्रेष्ठ (अरुण), जिल्ला नेता बासु दुलाल, बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बालगायतको आतिथ्य रहेको थियो । स्वागत नगेन्द्र फुयालले गरेको कार्यक्रमलाई सञ्चालन होम आचार्यले गरेका थिए ।