बिर्तामोड  ।

नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाईले भूमीहीन, अब्यवस्थित बसोबासी र सुकुम्बासीहरुलाई जग्गाधनि प्रमाण पुर्जा बितरणको तयारीमा काङ्ग्रेस नेतृत्वको वर्तमान सरकार लागिरहेको बताएका छन् ।

नेपाली काङ्ग्रेस अर्जुनधारा ४ नं. वडा समितिद्वारा आज(बुधवार) भङ्गबारीमा आयोजित जेष्ठ नगरिक सम्मान कार्यक्रमलाई प्रमुख अथितिको रुपमा सम्बोधन गर्दै सचिव हुमागाईले जग्गाको लागत लिन सुरु भैसकेको र भूमी आयोगले चाँडै धनीपुर्जा बाडने बताएका हुन् । नेता हुमागाईले एमालेले जनतामा छरेका भ्रम र केपी ओली सरकारले गरेका खर्बौ, खर्बका भ्रष्टाचारका काण्डहरु जनतालाई सुनाएर वास्तविकता बुझाउन कार्यकर्ताहरुलाई आग्रह गरे । 

जेष्ठ नागरिक सल्लाहकारसभाका उपसभपति उमानाथ हुमागाईको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रीय प्रतिनिधि केदार खडका, अम्बर कटुवाल, प्रदेश ख सदस्य मदन थापा लगायत जेष्ठ नागरिकबाट सुझाव संकलन गरिएको थियो ।

वडा सचिव सुरज राजवंशीले बुँदा टिपोट लिपीवद्ध गरेको कार्यक्रमको सञ्चालन वडा सभापति खेम काफ्लेले गरेको पत्रकार गणेश थापाले जानकारी दिए।