विर्तामोड ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले एमसिसि परियोजनामार्फत अमेरिकन सेना नेपालमा पस्छ भनेर फैलाइएको भ्रमकापछि नलाग्न आग्रह गरेका छन् ।
फागुन २९ गतेबाट चैत २९ गतेसम्म सञ्चालन हुने ‘गाउँ–गाउँ जाऔं–कांग्रेस जिताऔं’ अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधिको रुपमा झापा आएका रायमाझीले सो धारणा ब्यक्त गरेका हुन् ।
एमसिसि परियोजना एमसिएमार्फत सञ्चालन हुने र एमसिएको प्रमुख अर्थ मन्त्रालयको सचिव रहने प्रावधान एमसिसि सम्झौतामा स्पष्ट उल्लेख रहेको जानकारी दिदै केन्द्रीय सदस्य रायमाझीले एमसिसिका कारण कुनै पनि शैन्य गतिविधि नहुने दावी गरे ।
एमसिसि परियोजनाको लगानी हाइड्रो र सडक विकासमा खर्च हुने बताउँदै उनले सम्झौता पारित गर्ने क्रममा कम्युनिष्ट नेताहरुले दोधारे चरित्र देखाएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, उपसभापतिहरु शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई र नवीन विमली, सहसचिव कमल भण्डारी र कालेन्द्र राजवंशी , पूर्वसांसद डिल्लीप्रसाद सिटौला, जिल्ला सदस्यहरु, क्षेत्रीय सभापतिहरु, प्रदेश क्षेत्रीय सभापतिहरु, गाउँ÷नगर सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका सभापतिहरुको सहभागिता रहेको थियो ।