झापा ।

 नेकपा (एकीकृत समाजवादी) बिर्तामोडको वडा नम्बर–५ को भेलालले हर्क कुँवर अध्यक्षतामा ३३ सदस्यीय कमिटी चयन छ । कुँवर अध्यक्ष भएसँगै वडा कमिटीले पूर्णता पाएको हो । कमिटीको उपाध्यक्षमा गिता कडेल, सचिवमा अलका अधिकारी र उप–सचिव शुक्र लिम्बू चयन भएका छन् ।

बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य निलमणी वरालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा केन्द्रीय सल्लाकार सदस्य पुन्यप्रसाद खरेल, दलित मुक्ति सगठन केन्द्रीय उपाध्यक्ष श्याम ल्वागून, युव संघ केन्द्रीय सदस्य राजन थापा, जिल्ला कमिटी सदस्यह इन्द्र निरौला, केदार ओडारी, लक्ष्मण खतिवडा, वुद्धि भट्टराई, लीला वराल लगायतको उपस्थिति रहेको थियो ।

नगर कमिटीका अध्यक्ष सिटौलाले अब भातृ संगठन निर्माण र निर्वाचन केन्द्रीत कार्ययोजना तय गरेर पार्टी अगाडि बढ्ने बताएका छन् । उनले  यसअघि बिर्तामोडमा युवा संघ, अनेरास्ववियुलगायतका नगर कमिटी बनिसकेको र अब अनेमसंघ, किसान, शिक्षक, मजदुर र दलितका नगर कमिटी गठन गर्ने जानकारी दिए । नगर उपाध्यक्ष कमल भट्टराईले स्वागत गरेको कार्यक्रमलाई नगर सचिव कृष्ण विष्टले  सञ्चालन गरेका थिए ।