झापा ।
नेपाल कम्युनिष्ट पार्टी एमाले हल्दीबारी २ ले नौ वटै टोल कमिटी गठन अभियान सम्पन्न गरेको छ । नेकपा एमाले हल्दीवारी २ का अध्यक्ष लक्ष्मीप्रसाद दंगालको नेतृत्वमा गत फागुन १३ गतेदेखि शुरु भएको घरदैलो कार्यक्रमसहित टोल कमिटी गठन अभियान सम्पन्न भएको अध्यक्ष दंगालले जानकारी दिए ।
हल्दीबारी २ अन्तरगत टोल नं. ९ को भेलाले हल्दीबारीस्थित रेडक्रस भवनमा भवानी ढकालको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गर्दै सम्पन्न भएको हो । भेलाबाट कमिटीको उपाध्यक्षमा तिलचन गुरुङ र सचिवमा रेनुका पाठक चयन भएका छन् ।
सदस्यमा दिलिप ढकाल, ईन्दिरा बस्नेत, जिना बस्नेत, नन्दलाल ढकाल, लक्ष्मी तिम्सिना, अशोक शाह, बिजय ठाकुर, सुर्यबहादुर श्रेष्ठ, मेखबहादुर तामाङ, खड्ग बहादुर राउत, गोमा ढकाल गौतम, नेत्रा लुइँटेल, निर्मला बराल, मेनुका बराल, फुलमाया तामाङ, माया पोखरेल, रमेश ढकाल, अम्बिका तोलाङ्गी, होम गौतम, बिष्णु रिजाल, गंगा निरौला, तुलसी ढकाल, पानीलाल राजबंशी, निर्मला पाण्डे, प्रेम महत, सुमन महत, बुनु रोक्का, बिना चम्लागाई, निर्मला पाण्डे र दुर्गा खतिवडा सर्वसम्मत् चयन भएका छन् ।
एमालेका हल्दीबारी २ का अध्यक्ष लक्ष्मीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य मोहनचन्द्र रेग्मीको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत जिल्ला अधिवेशन प्रतिनिधि नारायणप्रसाद लुइटेलले गरेको कार्यक्रममा वडा सह– इन्चार्ज कमला खरेल, गाउँ कमिटी सदस्य गंगा रेग्मीलगायतको उपसस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा नं. २ सचिव संजिव राईले गरेका थिए ।
अध्यक्ष दंगालले टोल कमिटी गठन कार्यक्रममा सहभागी बनेर सहयोग पुर्याउने नेता तथा कार्यकर्तालाई धन्यवाद दिदै अब अझ ससक्त ढंगले नेकपा एमाले हल्दिबारी २ वडा कमिटीले दोस्रोे चरणको अभियान संचालन गर्ने अध्यक्ष दंगालले बताए ।