झापा । 

नेपाल कम्युनिष्ट पार्टी एमालेले हल्दीबारी–२ मा टोल कमिटी गठन र घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।  नेकपा एमाले हल्दीबारी–२ अन्तरगत शिद्धेश्वर मन्दिरमा भएको भेलाले अग्निप्रसाद चम्लागाईको अध्यक्षतामा ४५ सदस्यीय टोल नम्बर ८ कमिटी गठन भएको छ । 

भेलाले कमिटीको उपाध्यक्षमा फुर्वादोर्जे तामाङ र सचिवमा लिला ढकाललाई सर्वसम्मत चयन गरेको नेकपा एमाले हल्दीबारी वडा नं. २ का अध्यक्ष लक्ष्मीप्रसाद दंगालले जानकारी दिए ।

त्यसैगरी सदस्यमा खेमनाथ पराजुली, कुमार कार्की, बिनोद सुब्बा, अबिचन्द्र आचार्य, विद्या पराजुली, सुक्रराज राई, दुर्गा अधिकारी, भगवती चम्लागाई, अरुण आचार्य, केवलराम आचार्य, दिलकुमारी शिवाकोटी, हिमादेवी शिवाकोटी, डम्बरबहादुर गुरुङ(उमिल), बेलबहादुर पराजुली चयन भएका छन् ।

त्यस्तै सदस्यमा गोविन्द कार्की, बिष्णुभक्त घिमिरे, बिष्णुभक्त भण्डारी, रेखा कार्की, सुष्मा पराजुली, रुद्रकुमार तुम्वापो , डम्बरप्रसाद चम्लागाई, काजी तामाङ, सिर्जना आचार्य, खेमराज सापकोटा, रामेश्वर टुडु, इन्दिरा कार्की, लाकबहादुर तामाङ, कुमारी राई, देवीप्रसाद दाहाल, बिमला सापकोटा, देवीका सापकोटा, शर्मिला कुईकेल, बुद्ध राई, लेखनाथ सापकोटा, बिमला भण्डारी, केशव आचार्य, वादा गौतम, सुष्मा खतिवडा, ताराकुमार सुबेदी, विमला देवी ढकाल, सिता चम्लागाई र ममता चम्लागाई चयन भएका छन् । 

पार्टीका वडा नं. २ का अक्ष्यक्ष लक्ष्मीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य मोहनचन्द्र रेग्मीको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत अग्रज कम्युनिष्ट कार्यकर्ता मित्रबहादुर बस्नेतले गरेको कार्यक्रममा जिल्ला कमिटी सदस्य ललीता बस्नेत, शान्ता गौतम, जिल्ला अधिवेशन प्रतिनिधि नारायण लुइटेल, गाउँ कमिटी उप–सचिव लक्ष्मी शिवाकोटी, वडा नं. २ इन्चार्ज श्रीप्रसाद राई, गाउँ कमिटी सदस्य जोशना बन, गणेश भण्डारीलगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रमको सञ्चालन वडा नं. २ सचिव सञ्जिव राईले गरेका थिए ।