झापा ।
झापाको हल्दीबारी वडा नं. २ को राधाकृष्ण मन्दिरमा भएको भेलाले नेकपा एमाले सम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाज २ नं वडा कमिटी गठन भएको छ ।
भेलाले सुर्यबहादुर दर्जीको अध्यक्षतामा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा बिरबहादुर शसांखर, सचिवमा अम्बिका दर्जी, उपसचिवमा जीबन रोक्का र कोषाध्यक्षमा टेकनाथ परियार चयन भएका छन् ।
सदस्य कमला ठटाल, सविना सिवा, ईन्द्रकला सिवा, सुनिता सिवा, साबित्रा सुन्दास, लक्ष्मी रम्तेल, दुर्गा उपरकुट्टी, दिलकुमार शिवा, दलबहादुर रोक्का, रन्जित शिवा, धनकुमारी शिवा, मनकुमार कालिकोटे, धनबहादुर रम्तेल, पुर्ण रुचाल, राजन रोक्का, सुकमाया मुगराती, फुलमाया रोक्का र अमृता गजमेर चयन भएको नेकपा एमाले हल्दीबारी २ का अध्यक्ष लक्ष्मीप्रसाद दंगालले जानकारी दिए ।
प्रेमकुमार गजमेरको अध्यक्षतामा भएको कार्यक्रममा समाजका ३ नं. क्षेत्र इन्चार्ज मणिकुमार शंखरको प्रमुख आतिथ्य रहेको थियो भने बिशिष्ट आतिथ्य नेकपा एमाले हल्दीबारी २ का अध्यक्ष लक्ष्मीप्रसाद दंगाल रहेका थिए ।
कार्यक्रममा नारायणप्रसाद लुइटेल, श्रीप्रसाद राई, सञ्जिव राई, देवनारायण चुडाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समाजकी गाउँ कमिटी सचिव शर्मिला बिकले गरेकी थिइन् ।