झापा ।

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाको अध्यक्षमा राजु आचार्य (अग्नि) लाई जिम्मेवारी प्रदान गरिएको छ ।  नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटीको गत फागुन १४ गतेको वैठक अनुसार झापा अध्यक्षमा अग्निलाई अध्यक्षको जिम्मेवारी दिइएको माओवादी नेता बासु दुलाले जानकारी दिएका हुन् । 

maooo

त्यसैगरी झापा सह–इन्चार्जमा ज्योतिसिंह दर्लामी, सीपी कडरिया, रोशन कन्दङ्वा, बोधराज दाहाल (असिम), पुरुषोत्तम चुडाल (राजु) र पुर्णसिंह राजवंशीलाई जिम्मेवारी दिइएको छ ।

सचिवको जिम्मेवारी मोहन टुडुलाई प्रदान गरिएको नेता दुलालले बताए । पार्टीले यो भन्दाअघि झापा इन्चार्जको जिम्मेवारी धर्मशीला चापागाईलाई दिइसकेको छ ।