शिवसताक्षी ।

  उद्योग वाणिज्य संघ शिवसताक्षीको अध्यक्षमा यामनाथ काफ्ले विजयी भएका छन् । बुधबार भएको निर्वाचनको पदाधिकारी अन्तिम मत परिणाम अनुसार अध्यक्षमा काफ्ले  निर्वाचित भएका हुन् ।अध्यक्ष पदमा यामनाथ काफ्ले ५ सय ८५ मत अर्का अध्यक्ष पदका उम्मेद्वार रामनरेश शर्माले ५ सय ७८ मत प्राप्त गरेको थिए । ७ मतको अन्र्तरले काफ्ले विजयी बनेका हुन् । 

आगामी ४ वर्षका लागि भएको निर्वाचनमा काफ्ले गठबन्धनका साझा उम्मेद्वार बनेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी र एकिकृत समाजबादीको साथ पाएका काफ्ले भने नेपाली कांग्रेसका हुन् ।

 गठबन्धनका तर्फबाट अध्यक्ष काफ्लेसहित वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदमा उमेद्वार निर्वाचित भएका छन् । अन्य पदमा एमालेका उमेद्वार निर्वाचित भएका छन् ।

नेकपा एमालेले सिफारिस गरेका उमेद्वार मध्ये उध्योग उपाध्यक्ष विष्णु प्रसाद प्रसाई, उद्योग सचिव वेदप्रसाद थपलिया, वाणिज्य सचिव भोजराज ढकाल र कोषाध्यक्षमा विष्णुकुमारी चौलागाईँ (रोजी) निर्वाचित भएका छन् । पदाधिकारी ८ पदमा गठबन्धनले ४ र नेकपा एमालेले ४ पदमा विजयी प्राप्त गरेको हो ।