हल्दीबारी । 

नेकपा एमाले २ नं वडा कमिटी हल्दीबारी अन्तरगत दुर्गाबहादुर श्रेष्ठ (सिताराम) को अध्यक्षतामा ३५ सदस्यीय ५ नं टोल कमिटी गठन भएको छ । 

शुक्रबारे कालिमन्दिरमा भएको भेलाले कमिटीको उपाध्यक्षमा दुर्मती राजबंशी र सचिवमा निर्मल महत्तोलाई चयन गरेको नेकपा एमाले हल्दीबारी २ का अध्यक्ष लक्ष्मीप्रसाद दंगालले जानकारी दिए । 

कमिटीको सदस्य अभिमानसिंह राजबंशी, लक्ष्मीप्रसाद खनाल, जत्लाङलाल राजबंशी, जयकिशन महतो, लालबहादुर तामाङ, सुकलाल राजबंशी, राजकुमार बुडाथोकी, भोजबहादुर श्रेष्ठ, रुपलाल जबेगु, लईस मर्डि, राधिका मर्डि, डम्बरबहादुर श्रेष्ठ रहेका छन् । 

त्यस्तै सदस्यमा महेन्द्र भुजेल, धनबहादुर राजबंशी, चन्द्रिका प्रसाई, बर्जबहादुर श्रेष्ठ, भिम श्रेष्ठ, लालटोपी राजबंशी, बिष्णु सुब्बा, सुशिल महत्तो, नबिलाल राजबंशी, घनेन्द्र गौतम, सरिता तामाङ, मिना श्रेष्ठ, दधिराम राजबंशी, सतिलाल राजबंशी, कविता श्रेष्ठ, पदम राजबंशी, आरती महत्तो, रम्बा राजबंशी, शान्ति राजबंशी, राजेश राई र बिमला राजबंशी चयन भएका छन् । 

वडा नं. २ कमिटी अध्यक्ष लक्ष्मीप्रसाद  दंगालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य छवि चुडालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा चयन भएका टोल कमिटीको नाम घोषण गर्दै अध्यक्ष दंगालले गाउँपालिकामा भएका विकास निर्माणका काम र जनता प्रावि नजिक जनता आवास कार्यक्रम अन्तरगत बनेका घरटहरा एमालेको अगुवाईमा बनेको बताउँदै अन्य पार्टीले झुटको खेती गर्दै हिडेको  बताए । उनले आगामी दिनमा राम्रा काम गर्न एमालेसँग पाठ सिक्न आग्रहसमेत गरे । 

कार्यक्रममा जिल्ला सदस्य शान्ता गौतम, गाउँकमिटी उप–सचिव हरिकृष्ण अधिकारी, पूर्व क्षेत्रिय कमिटी सदस्य नारायण लुइटेल,  हर्क तामाङ, वडा कमिटी इन्चार्ज श्रीप्रसाद राई, वडा कमिटी सह–इन्चार्ज कमला खरेल, गाउँ कमिटी सदस्य जसोदा बन, कार्यकालिका सदस्य  भक्त रोक्का,  जनप्रतिनिधि सनमाया बिकलगायतको उपस्थिति रहेको थियो ।