हल्दीबारी ।
नेकपा एमालेको हल्दीबारी २ वडा कमिटी अन्तरगत ३ नं टोलको भेलाले गौरचन कर्माकारको अध्यक्षतामा ३५ सदस्यीय टोल कमिटी गठन गरेको छ ।
नन्दु बस्तिमा भएको भेलाले कमिटीको उपाध्यक्षमा बिलोक राजबंशी, सचिवमा विवेक ढकाल, उपसचिवमा सुकलाल राजबंशीलाई चयन गरेको हो ।
सदस्यमा निर्मला प्रसाई, भुवेन राजबंशी, बजारसिंह राजबंशी ,खगेन्द्र आचार्य, सुखसरी राजबंशी, बिरबहादुर बस्नेत, पुजा राजबंशी, ताया राजबंशी, गुलाबी राजबंशी, चन्द्रकला घिमिरे, मनकुमारी मगर, रुपा मगर, लिलकुमारी राजबंशी, राम कर्माकार, पर्शुराम बस्नेत, गंगाराम थापा, प्रदिप राजबंशी चयन भएका छन् ।
त्यस्तै सदस्यमा सबु मगर, कुमार लिम्बु, भाद्रु राजबंशी, जसोदा राजबंशी, धरमवती राजबंशी, विरबहादुर शसांखर, भोजकुमार राय, मिना मगर, सिता मगर, होम प्रसाद दाहाल, सकुन्तला कार्की, ममता बुर्जा मगर, मञ्जुरा राजबंशी, पार्वती राजबंशी र सुमित्रा राजबंशी चयन भएको वडा नं. २ का अध्यक्ष लक्ष्मीप्रसाद दंगालले जानकारी दिए ।
नेकपा एमाले हल्दीवारी २ का अध्यक्ष लक्ष्मीप्रसाद दंगालको अध्यक्षतामामा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य मोहनचन्द्र रेग्मीको प्रमुख आतिथ्य रहेको थियो । नेकपा एमाले हल्दिबारी २ का अध्यक्ष दंगालले एमाले पार्टीको झण्डा बोकेर निर्धक्कसँग अघि बढ्न आग्रह गरेका छन् । उनले जनताको प्यारो पार्टी नेकपा एमालेले मात्र सामाजिक सुरक्षा कायम गर्न सक्ने बताएका छन् ।
स्वागत नारायण लुइटेलले गरेको कार्यक्रममा जिल्ला सदस्य ललीता बस्नेत, पूर्व क्षेत्रिय कमिटी सदस्य नारायण लुइटेल, गाउँ कमिटी सदस्य जसोदा बन, पूर्व क्षेत्रिय कमिटी सदस्य हर्क तामाङ, एकराज पौडेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्जीव राईले गरेका थिए ।