हल्दीबारी ।
नेकपा एमाले हल्दिबारी गाउँपालिका वडा नं. २ अन्तरगत पाराखोपीमा संजय पौडेलको अध्यक्षतामा ३९ सदस्यीय २ र ४ नं टोल कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा शारदादेवी भट्टराई, सचिवमा शारदाप्रसाद भट्टराई चयन भएका छन् ।
त्यसैगरी सदस्यमा राम टुडु, भरत राजवंशी, मोतीराम रेग्मी, सरिता भट्टराई, धनबहादुर बस्नेत, बिनोद राजबंशी, हरेन राजबंशी, तारा राजवंशी, चन्द्रबहादुर बस्नेत,
तपन राजवंशी, सुबर्णमाया पोखरेल, निरमाया तामाङ, कोकिलादेवी ढुंगेल, प्रेमकुमारी क्षेत्री, सुवास तामाङ, नन्दी मेचे, निर्मला भट्टराई, हंसनारायण राजवंशी चयन भएका छन् । त्यस्तै सदस्यमा अमृत राजवंशी, शान्ता काफ्ले, प्रमिला राजबंशी, गणेश मगर, कालीदास पोखरेल, तेजप्रसाद पौडेल, चैतु राजबंशी, शान्ता काफ्ले ,सरस्वती मिश्र, इन्दिरा भट्टराई, राजन काफ्ले, गिता पौडेल, सन्तोष दाहाल, मनोहरी भट्टराई, निर्मला भट्टराई, पुसा राजबंशी, बलबहादुर राजबंशी र इन्दिरा दाहाल चयन भएका छन्।
नेकपा एमाले हल्दीवारी २ का अध्यक्ष लक्ष्मीप्रसाद दंगालको अध्यक्षतामामा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य मोहनचन्द्र रेग्मीको प्रमुख आतिथ्य रहेको थियो ।
नेकपा एमाले हल्दिबारी २ का अध्यक्ष लक्ष्मीप्रसाद दंगालले एमाले पार्टी पद र प्रतिष्ठामा कहिल्यै कसैको गुलाम नबन्ने पार्टी भएको बताएका छन् । हल्दिबारी २ मा टोल कमिटी गठनपछि नामावली सार्वजनिक गर्दै अध्यक्ष दंगालले हल्दिबारी २ मा अहिले जनप्रतिनिधिका कारण जनताले भोग्नु परेको समस्या आगामी स्थानीयतहको चुनावपछि भोग्नु नपर्ने बताएका हुन् । उनले आगामी चुनाबमा एमालेको जित सुनिश्चित रहेको उनको भनाई थियो ।
स्वागत टिका दाहालले गरेको कार्यक्रममा जिल्ला सचिवालय सदस्य छबि चुडाल, जिल्ला सदस्य ललीता बस्नेत, गाउँकमिटी उप–सचिव हरिकृष्ण अधिकारी, लक्ष्मी बस्नेत, पूर्व क्षेत्रिय कमिटी सदस्य नारायण लुइटेल, वडा कमिटी इन्चार्ज श्रीप्रसाद राई, वडा कमिटी सह–इन्चार्ज कमला खरेल, गाउँ कमिटी सदस्य जसोदा बनलगायतको उपस्थिति रहेको थियो ।