झापा ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी बैशाख ३० गते आउँदै गरेको स्थानीयतहको निर्वाचनका लागि हल्दीबारी २ मा टोल कमिटी गठन र घरदैलो अभियान तिब्र बनाएको छ । स्थानीयतहको निर्वाचनमा वडा नं. २ मा उत्कृष्ट नतिजा ल्याएर नेतृत्व लिनका लागि टोल कमिटी र घरदैलोलाई तिव्र पारेको नेकपा एमाले वडा नं. २ अध्यक्ष लक्ष्मी दंगालले बताएका छन् ।
सोही क्रममा पार्टीले हल्दीबारी वडा नं. २ वडा कमिटीको आयोजनामा तुलाराम बनको अध्यक्षतामा २९ सदस्यीय साविक १ नम्बर टोल कमिटी गठन गरेको छ । राई टोलमा भएको भेलाले कमिटीको उपाध्यक्षमा नवराज सापकोटा, सचिवमा रबिन दंगाललाई चयन गरेको हो ।
त्यस्तै सदस्यमा कैलाश कटुवाल, ओमप्रकाश आचार्य, सन्तकुमार बन, गणेश बन, पिङ्गला थापा, बलराम राई, जगतबहादुर गिरी, सुरज गिरी, यामबहादुर कार्की, हर्कबहादुर राई, निर्मला राई, सूर्यबहादुर कार्की, निरा राजवंशी, तिलक राजवंशी, प्रदीप राजवंशी, राधिका राजवंशी, दिलबहादुर आचार्य, मंगलु राजवंशी, सुनिल महतो, सूर्यबहादुर राई, प्रेमकुमारी धमला, टिका खरेल, कर्णबहादुर राई, गंगा भट्टराई, खिमान तामाङ र पबित्रा राजवंशी चयन भएका अध्यक्ष दंगालले जानकारी दिए।
वडा अध्यक्ष दंगालको अध्यक्षतामा भएको भेलामा पार्टीका प्रदेश कमिटी सदस्य मोहनचन्द्र रेग्मीको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत वडा उपाध्यक्ष विष्णु राईले गरेको कार्यक्रममा जिल्ला सचिवालय सदस्य छबि चुडाल, जिल्ला सदस्य ललीता बस्नेत, गाउँकमिटी उप–सचिव हरिकृष्ण अधिकारी, पूर्व क्षेत्रिय कमिटी सदस्य नारायण लुइटेल, कुमोद अधिकारी, वडा कमिटी इन्चार्ज श्रीप्रसाद राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव संजिव राईले गरेका थिए ।