बिर्तामोड ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (रापपा) ले झापाको बिर्तामोडमा अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध प्रदर्शन गरेको छ । बिहीबार दिउँसो राप्रपा क्षेत्र –२ को आयोजनामा विरोध प्रदर्शन भएको हो ।
राप्रपाले राष्ट्रघाती एमसीसी मुर्दावाद, एमसीसी खारेज गर, देश बेच्न पाइदैन, भ्रष्ट नेता चाहिदैन जस्ता नारा लगाउँदै राप्रपाले बिर्तामोड चोक परिक्रमा गरेको थियो ।
¥याली पश्चात कोण सभालाई सम्बोधन गर्दै क्षेत्रीय अध्यक्ष दीपक मास्केले एमसीसीको विरुद्ध सम्पूर्ण देशभक्ति शक्ति एक हुनुपर्ने तर्क गरे । ¥याली पश्चात कोण सभालाई सम्बोधन गर्दै क्षेत्रीय अध्यक्ष दीपक मास्केले एमसीसीको विरुद्ध सम्पूर्ण देशभक्ति शक्ति एक हुनुपर्ने तर्क गरे ।
कोणसभामा पार्टीका नगर अध्यक्ष रन्जु प्याकुरेलले एमसीसी पारित भए नेपाल दुर्घटनामा जाने बताइन् । भोलीका दिनमा लिबिया, सुडान र अफगानिस्तानको जस्तो हालत नेपालीहरुले भोग्नुपर्ने चेतावनी उनले दिइन् । उनले देश निर्माणका लागि नागरिकले श्रम खर्च गर्नुपर्ने तर्क राखिन् ।
उता, प्रतिनिधि सभाको आजको बैठक भने आज पनि स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग सहमति गर्ने भन्दै आजको संसद बैठक स्थगित गर्न आग्रह गरेका थिए । बैठक स्थगित भएपछि उनी एमालेसँग छलफलमा जुटेका छन् ।