झापा ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापा र योङ कम्युनिष्ट लिग (वाइसिएल) झापाले संयुक्त रुपमा एमसीसी पारित गर्ने वा नगर्ने भन्ने सडक जनमत संग्रह अन्र्तगत गरेको मतदानमा पारित नगर्नेको पक्षमा एकहजार ९ सय ६० मत र पारित गर्नेको पक्षमा ३९ मत प्राप्त भएको छ ।
काँकडभिट्टाको बसपार्क, बिर्तामोडको मुक्तिचोक, सुरुङ्गा र दमकमा मतदान केन्द्र स्थापना गरेर गरिएको निर्वाचनमा जम्मा २ हजार ५५ मत खसेको थियो भने ५६ मत बदर भएको अखिल (क्रान्तिकारी) झापा अध्यक्ष रञ्जन धमलाले जानकारी दिए ।
झापाका निर्वाचन क्षेत्र १, २, ४ र ५ मा अखिल (क्रान्तिकारी) र वाइसिएलले बिहीवार एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सग्रह अन्तरगत मतदान सम्पन्न गरेको हो ।
मत परिणाम अनुसार निर्वाचन क्षेत्र न १ मा खसेको जम्मा मत २ सय ५० पारित गर्ने ३, पारित नगर्ने २४७, निर्वाचन क्षेत्र २ खसेको जम्मा मत ६ सय ९४ मध्ये पारित गर्नेमा ३२, पारित नगर्नेमा ६ सय ३२ र बदर मत ३० मत भएको अखिल (क्रान्तिकारी) झापा अध्यक्ष रञ्जन धमलाले जानकारी दिए ।
त्यस्तै निर्वाचन क्षेत्र ४ खसेको जम्मा मत ४ सय ७५ मध्ये पारित गर्ने पक्षमा २, नगर्ने ४ सय ६६ र बदर ७ मत, र निर्वाचन क्षेत्र ५ मा खसेको जम्मा मत ६ सय ३६ मध्ये पारित गर्नेको पक्षमा २, नगर्नेको पक्षमा ६ सय १५ र बदर मत १९ रहेको जनाइएको छ ।
उक्र मत परिणाम देखिएपछि जनभावना विपरित एमसीसी पास नगर्न दुवै संगठनले चेतावनी दिएका छन् । मतदान पेटिका पत्रकार र प्रहरीको रोहबरमा खोलिएको जनाइएको छ ।