विर्तामोड । 

नेपाली काङ्ग्रेस झापा क्षेत्र नं. २ क र बिर्तामोड नगरपालिका ५ नं. वडा समितिले संगठन बिस्तार सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम बिहीबार सम्पन्न गरेको छ ।

टोल समितिका पदाधिकारी, वडा समितिका पदाधिकारी तथा सदस्य, क्षेत्रीय प्रतिनिधिहरुको सहभागितामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसको सांगठनिक अवस्था, विस्तारका लागि गर्नुपर्ने कार्यका बारेमा समीक्षा थियो।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस झापाका सचिव तथा प्रमुख अतिथि कृष्ण हुमागाईंले राष्ट्रको विकास र जनताको समृद्धिका लागि मित्रराष्ट्रहरुको सहयोग आवश्यक रहेको बताए। एमसिसि सम्झौतामा के छ ? भन्ने कुरा अक्षरशः पढ्नेहरु यसको पक्षमा रहेको बताउँदै सचिव हुमागाईले एमसिसि राष्ट्रहितमा रहेको दावी गरे।

‘देशका दुई ठूला पार्टीहरु कांग्रेस र एमाले एमसिसिको पक्षमारहेको बताउँदै सचिव हुमागाईले मुख्य राजनीतिक दलका सबै नेताले आफू सत्तामा रहँदा एमसिसि अनुमोदन प्रक्रिया अघि बढाएकाले सम्झौता संसदबाटै पास हुने विश्वास समेत ब्यक्त गरे । 

कार्यक्रममा महाधिवेशन प्रतिनिधि उमा शिवाकोटी, नेपाली कांग्रेस झापाका सदस्य पुष्पलाल चौधरी, विर्तामोड नगर सभापति भोजराज सिटौला, हर्कलाल गिरी, युवराज प्रसाई लगायत विर्तामोड नगरपालिका–५ का १० वटा टोल समितिका संयोजकले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । 

नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नं–५ का सभापति दिपक मेनेङबोको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्र नं–२ प्रदेश क का सभापति लक्ष्मीप्रसाद आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । खगेन्द्र प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन गंगा चुडालले गरेका थिए ।