झापा ।
कालिका सामुदायिक वनको अध्यक्षमा योगश भट्टराई निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का प्रतिस्पर्धी विशाल मेचेलाई ६१ मतान्तरले पछि पार्दै भट्टराई बनको अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष भट्टराईले ९ सय १३ मत ल्याएका थिए भने मेचेले ८ सय ५२ मत प्राप्त गरेका थिए ।
माओबादीका नेता भट्टराई प्रगतिशील प्यानबाट उम्मेद्वार बनेका थिए । उक्त प्यानलमा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लिम्बुवान, संघीय गणतान्त्रिक मोर्चाको संयुक्त गठबन्धन थियो ।
मेचेले प्रगतिशील लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए । उक्त प्यानलमा एमाले, कांग्रेस र राप्रपाको गठबन्धन थियो । चुनाव बुधबार सम्पन्न भएको थियो भने मत परिणाम बिहीबार सार्वजनिक भएको हो ।