बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी एमाले झापाको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखको जिम्मेवारी प्रमिश गिरीलाई प्रदान गरिएको छ ।
पार्टीको सम्पन्न बैठकले गिरीलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको हो । गिरी झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी हुन् ।
अस्पतालको स्थापनादेखि कार्यरत गिरीलाई पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागलाई प्रभावकारी तरिकाले परिचालन गर्न सक्ने क्षमता भएकाले उक्त जिम्मेवारी दिइएको बताइएको छ ।