लक्ष्मीपुर ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको भात्रृ संगठन राष्ट्रिय युवा संघ नेपाल झापा बिर्तामोड–२ मा खेमराज गिरीको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी सर्वसम्मत् चयन भएको छ ।
कमिटीको उपाध्यक्षमा रमेश अधिकारी, सचिवमा भरत राजवंशी, सह–सचिवमा सुमन बास्कोटा र एलिना राई र कोषाध्यक्षमा राजु निरौला सर्वसम्मत् चयन भएका छन् ।
त्यस्तै कमिटीको सदस्यमा मनिष गहतराज, उज्वल अधिकारी, मन्दिप राई, बेदबहादुर थापा, राजन बास्के, पर्शुराम गौतम, सुशन लिम्बु, इश्वरकुमार श्रेष्ठ, सुनिल विश्वकर्मा, टंकप्रसाद राजवंशी, विमल खतिवडा, निरज बस्नेत, प्रदीप प्रसाई, सन्तोष गौतम, विनिता खरेल, भवानी भण्डारी, अमित गिरी, मनोज पाण्डे, कमल ओली, धमेन्द्र हलुवाई चयन भएका छन् । त्यस्तै सदस्यमा रोशन राई, जीवन राजवंशी, विश्वदीप राजवंशी, धनश्याम राजवंशी, भोला सहनी, विनिता फुयाल, दउयालाल राजवंशी, सुमन भुजेल र देवेन्द्र भुजेल चयन भएका छन् ।
वडा कमिटी अध्यक्ष हेमराज ओलीको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा प्रदेश नं.१ इन्चार्ज देवराज घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि घिमिरे, प्रदेश कमिटी सदस्य एकराज कार्की, झापा अध्यक्ष दीपक कार्की, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नगेन्द्र संग्रौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत जिल्ला कमिटी सदस्य डम्बरबहादुर देउजाले गरेको कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य भोला धितालले गरेका थिए ।