बिर्तामोड ।
प्रदेश नं. १ का कृषि मन्त्री झलकसिंह दर्लामीले झापा बिर्तामोडको कृषि थोक बजारलाई देशकै नमूना तथा ब्यवस्थित बनाउने उदेश्यले अनुगमन गरेका छन् ।
मन्त्री दर्लामीले आइतवार कृषिथोकमा अनुगमन तथा अन्तरक्रिया कार्यक्रम गर्दै प्रदेश सरकारको तर्फबाट २ करोड रुपैयाँ बिनियोजन गरिने बताएको नेकपा माओवादी केन्द्र बिर्तामोडका इन्चार्ज युवराज दाहालले जानकारी दिए ।
कृषि थोक बजारमा निर्माण गरिने करिब दश हजार स्क्यर फिटको कोल्ड रुमका लागि मन्त्री दर्लामीद्वारा प्रदेश सरकारको तर्फबाट २ करोड रुपैयाँ बिनियोजन गरिने बताएका छन् ।
उनले देशकै नमुना कृषि बजार बनाउन समितिले पहलकदमी लिए आफुले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका छन् ।
कार्यक्रममा बजार ब्यबस्थापन समिति को अध्यक्ष कमल पौडेल, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य सिपि कडरिया र ज्योतिसिंह दर्लामी, वाइसिएलका केन्द्रीय सदस्य कुमार आचार्य, पार्टीका ५ नम्बर का वडाअध्यक्ष डिबि डाँगीलगायतको उपस्थिति रहेको थियो ।