शिवसताक्षी । 

शिवसताक्षी उद्योग बाणिज्य संघमानेपाली काग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजबादी) को गठबन्धन को प्यानल घोषणा भएको छ । जनाअदर्श माध्यमिक बिद्यालय शिवगन्जमा एक कार्यक्रमका बिच आज (शनिवार) तीनवटै पार्टीको संयुक्त गठबन्धनको उम्मेद्बारी घोषणा भएको हो । 

गठबन्धको अध्यक्ष पदको उम्मेद्बार अध्यक्ष याम काफ्ले, बरिष्ठ उपाध्यक्ष नरेशकुमार मिश्र, बाणिज्य उपाध्यक्षमा कृष्ण खरेल, उद्योग उपाध्यक्ष सुवोधकुमार साह,  महासचिवमा टंकप्रसाद मैनाली,  बाणिज्य सचिब मेनुका देबी बस्तोला, उद्योग सचिवान योगेश्वर बराल, कोषध्यक्षमा  खनीमाया श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् ।  

त्यस्तै सदस्यमा धनकुमार ढकाल, शिवकुमार बिमली, मोहन कार्की, कमल सेचुरी, केशब राजवंशी, मुक्ति गुरगाई, गणेशकुमारी ढकाल, शर्मिला पाण्डे, सुनिता लिम्बु रहेको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराईले बताए । 

उमेद्वारी घोषणासभामा नेपाली कांग्रेसका प्रदेश अध्यक्ष बिनोद ढकाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष महेन्द्र भट्टराई, नेकपा एकृकीतका अध्यक्ष नवीन इजम, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि देबी दाहाल, वाड नम्बर ६ का अध्यक्ष मनोज कार्की, मचिन्द्र शेर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा नेपाली कांग्रेसका माहाधिबेशन प्रतिनिधि भक्ति सिटौला, चन्दमणि नेपाल, खड्ग कार्की, जिल्ला सचिव कमल भण्डारी वाइसिएल प्रदेश सदस्य भुवन राई  पर्शुराम ढुंगानालगायतले शुभकामना राखेका थिए ।  उद्योग बाणिज्य संघ शिबसताक्षीको बिधान अनुसार १७ सदस्य  निर्बाचित र ३ जाना मनोनीत गर्ने र ४ बर्ष कार्यकालको ब्यवस्था गरेको छ । 

नेपाली कांगेस नगर सभापति अशोक बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भोला मैनालीले गरेका थिए भने सञ्चालन होम दुलालले गरेका थिए । संघको निर्वाचन आगामी फागुन १८ गते हुँदैछ ।