बिर्तामोड ।
नेकपा (एकीकृत समाजवादी) विर्तामोड–७ को भेलाले ३५ सदस्य वडा कमिटी गठन गरेको छ। भेलाबाट कमिटीको अध्यक्षमा अनिता पौडेल खत्री, उपाध्यक्षहरुमा महानन्द भण्डारी, महेश मालपाडिया, गगा कार्की, सचिवमा उर्मिला खरेल, उपसचिवमा कल्पना भट्टराई चयन भएका छन् ।
बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौलाको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी पार्टी केन्द्रीय सदस्य पुस्प पोखरेलले केपी ओलीले पार्टी राजा ज्ञानेन्द्रलाई बुजाउन लागेपछि पार्टी बचाउन बिद्रोह गर्नु परेको बताएका छन् ।
पार्टी प्रदेश कमिटी सदस्य बिमल उप्रेती र प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले शुभकामना मन्तव्य राखेको भेलाले महिला नेतृत्वलाई वडाको जिम्मेवारी दिएको छ । जुन कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिब र सहसचिबमा महिलालाई नै जिम्मेवारी प्रदान गरेको नगर सचिब कृष्ण बिष्टले जानकारी दिए ।